हुसैन सेख ,२८ बिराटनगर ।
बिराटनगर मा बिपन्न परिवारहरुलाई लगातार अहिले राहत वितरण कार्य भैरहेको छ ।
कोरोना भाइरस को त्रास ले नेपाल सरकार ले लगाइएको लक्डाउन मा बिपन्न गरिब परिवारहरु मार मा परेका छन् ।
उक्त कुरा लाइ मध्यनजर गर्दै बिराटनगर का सहयोगी हातहरु सहयोगी बनेर अगाडी आइरहेका हुन् ।
आइतबार बिराटनगर को वडा न : १ मा पनि आज राहत वितरण गरिएको छ ।
मुस्लिम हरुको महान पर्व रमजान ( ३० दिने बसिने वर्त ) को अवसर मा मुस्लिम रोजेदार हरुलाई लक्षित गरि १०० पोका राहत वितरण गरेको हो ।
मुस्लिम संघ नेपाल का केन्द्र सदस्य अफजल हुसैन (गुल्जार ) ,नसिम सेख ,जाकिर सेख ,फारुक सेख ,हासिम सेख ,सम्सेर खान र साबिर सेख को उपस्थिति मा उक्त राहत घर घर गइ वितरण गरिएको छ ।
Comments