राष्ट्रिय युवा संघ नेपाल द्धारा सिरहाको लहानमा रक्तदान

महेश सिंह सिरहा ३० बैशाख ।
सिरहाको लहानमा वडा न. ७ स्थित राम मन्दिरको अगाडि राष्ट्रिय युवा संघ नेपालका जिल्ला कार्यसमिति सिरहाद्धारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ् । उक्त कार्यक्रम सिरहा क्षेत्र नम्बर १ क का निर्वाचित प्रदेश सभा सदस्य माननीय लगनलाल चौधरी ले कार्यक्रम को उद्द्घाटन गरेका थिए ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका बेला हुनसक्ने रगतको आभावलाई मध्यनजर गर्दै शुरुभएको रक्तदान कार्यक्रम सुरु गरेको हो । नेपाल प्रहरी लगायत स्थानीय युवाहरुको एक समुहले रक्तदान गरेका छन् ।

कार्यक्रममा ६० जना सहभागी ले रक्त दान गरेको हुन । राष्ट्रिय युवा संघका अध्यक्ष राजेश यादवले जानकारी दिनु भयो ।
कार्यक्रममा रक्तदाताहरुलाई समाजिक दुरी कायम गरी आसन ग्रहण गराएको राष्ट्रिय युवा संघ जिल्ला कार्यसमिति सिरहाका सह संयोजक आशानन्द यादवले बताए । यादवले ब्लड बैंकमा रगतको आभाव भएको बेला रगत दान गर्न जिवनदान गरेको सरह हुने बिश्वास पत्रकार महेश सिंह संग कुरा ब्यक्त गरेका छन ।

नेकपाका युवा नेता बिजय गुप्ता र सुरेन्द्र साहको अगुवाईमा उक्त कार्यक्रम भएको हो। युवा नेताहरुमा बिवेक परीयार ,नितिश नन्दन यादव , दिनेश साह, नजाम अन्सारी ,ओपेन्द्र शाह लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

लकडाउनलाई मर्यादित बनाउदै कार्यक्रम सफल भएको सिरहाका सह संयोजक आशानन्द यादवले दाबी गर्नु भयो । ईलाका प्रहरी कार्यालय लहान र ईलाका प्रशासनले निर्देशन दिए अनुसार भिडभाड नगरी पालैपालो रक्तदान गरिएको अध्यक्ष यादवले बताए ।

कार्यक्रम सहभागी सम्पुर्णलाई सुरुमै सेनिटाईज गरी कार्यक्रम शुरु गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *