नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ

काठमाडौं : नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार भएको भएको मतदानमा जीवनरामले १७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरे ।

जीवनराम र उमेशलालवीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए । योसँगै जीवनराम ओलम्पिक कमिटीमा २ कार्यकाल निर्वाचित भएका छन् । जीवनरामकै प्यानलबाट महाचिवमा निलेन्द्रराज श्रेष्ठ पनि निर्वाचित भए ।

पाँच जना उपाध्यक्षमा ज्योती राणा २६ मत सहित विजयी हुँदा चतुरानन्द राजबैद्यले २२, तेजबहादुर गुरुङले २०, सुनिल कुमार श्रेष्ठले १८ तथा अशोकरत्न बज्राचार्यले १५ मत ल्याएर विजयी भएका छन् ।

उपाध्यक्षमा उम्मेदवारी दिएका मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पराजित भए । समिमले १२ मत मात्र प्राप्त गरे समिमसँगै राजीब श्रेष्ठ र पुष्पदास श्रेष्ठ ११–११ मत ल्याएर पराजित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *