लहानमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला

महेश सिंह,बैशाख ३० सिरहा । 

सिरहाको लहानमा एक मृत अस्थामा शव भेटिएको छ ।
लहान नगरपालिका १७ बस्ने ३७ वर्षीय सुस्त मनस्तिथि भएका सफिद मियांको उक्त सव भएको पुष्टि भएको हो

मियांको घट्नास्थालमा टाउको नरहेको सब भेटिएको छ ।
बिगत् केहिदिन अगाडि देखी मुस्लिम धर्मावलम्बीहरुको रमजान पर्व चल्दै आइरहेको हुनाले सफिद मियां साँझ रोजा वर्त खोलेर राति १० बजेको समयमा परिवारहरु संगै घरमा सुटेका थिए ।

बिहानको २ बजे वर्त बस्न (सेहरी ) खान उठेको बेला सफिद ओछ्यानमा नरहेको , शोच गर्न गएको होला भन्दै निकै बेर सम्म पनि नआउदा परिवारका सदस्यहरुले खोजि निति गर्दै जादा दुरीमा रहेको पोखरी नजिक उनको शरीर फेला परेको परिवारिक स्रोतले जनाएको छ।

घरदेखि करीब ७५ मिटरको दूरीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार क्षेत्रीले जानकारी दिए ।

डिएसपी क्षेत्री र शस्त्र प्रहरी वेस क्याम्प लहानका डिएसपी अर्जुन प्रसाद सापकोटा नेतृत्वको टोलि घटना स्थलमा पुगेर टाउको खोजि निति तीब्र गतिमा गरिरहेको र यस्तो योजना बध हत्या कस्ले गर्यो पता अहिले सम्म लागेको छैन हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *