हिमानी ट्रस्टद्वारा सुदूरपश्चिम प्रदेशलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बिराटनगर : हिमानी ट्रस्टले सुदूरपश्चिम प्रदेश सरकारलाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हिमानी ट्रस्टले सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामीला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई सामग्री हस्तान्तरण गरेको हो । ट्रष्टले ४ सय थान पीपीई, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री दिएको हो ।

सामान बुझ्दै मन्त्री शाहले सामग्री सिमा नाकामा खटियका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीं लगायतलाई हस्तान्तरण गरिने बताए । मन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा तापक्रम नप्ने थर्मल गनको आवश्यकता रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *