प्रहरीले क्वारेन्टाइन लान खोजेपछि एक युवक ३ तलामाथिबाट हाम फाले

काठमाडौं : पोखरा महानगरपालिका वडा नं ८ मा भारतबाट आएका युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा आफ्नै घरको तीन तला माथिबाट हाम फालेका छन् । केही दिनअघि भारतबाट आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाउन खोजेको थियो ।

तर क्वारेन्टाइन जान नमानी तीन तलामाथिबाट हाम फाल्दा उनी घाइते भएका छन् । उनी अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *