कोभिड-१९ देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१७ : संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार राति जारी गरेको प्रेस विज्ञप्तिमा थप नयाँ २६ जनाको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण देखिएकाहरूको सङ्ख्या २१७ पुगेको मन्त्रालयले जनाएको छ। अपराह्ण ५७ जनामा कोभिड-१९ पुष्टि भएको थियो।

मङ्गलवार एकै दिनमा ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो अहिलेसम्मकै एकै दिनमा पुष्टि सर्वाधिक सङ्ख्या हो।

त्यस्तै ,भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोरोना संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । उनी नेकपा नेता भीम रावल गृहमन्त्री हुँदा सुरक्षा टोलीका सदस्य रहेको बताइएको छ ।
वाकोटमा रहेको व्यक्तिलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा खुलिसकेको छैन । उनको ट्राभल हिस्ट्री लिने काम जारी छ ।

अर्की २५ वर्षीया महिला मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी थिइन् । उनी दुई दिन अगाडि सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर आएकी थिइन् ।

दुवै संक्रमित रहेका स्थानलाई सिल गरेर निगरानी बढाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

मंगलबार राति भक्तपुरका दुई र काठमाडौंका एक जनासहित थप २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो ।

काठमाडौंका संक्रमित व्यक्ति चन्द्रागिरि नगरपालिकाका हुन् । उनी कन्चनपुरबाट आएका महेन्द्रनगरबाट आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *