बिराटनगर ३१ ,हुसैन सेख ।
मंगलबार बिराटनगर को वडा न ; १७ रानी मा एक हजार ( १००० ) जना लाइ खान स्वरुप राहत वितरण गरिएको छ ।
नेपाल सरकारले कोरोना भाइरस को त्रासले आह्वान गरेको लकडाउन को अवधि नेपालमा बढिरहेको भाइरस का कारण लकडाउन अझै बढाइ नै रहेका छन ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन का अध्यक्ष पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री माननीय सुजाता कोइराला ज्यू को तर्फबाट ने कांग्रेसका युवा नेता सलिम अन्सारी को पहल र आयोजना मा ३० गते देखि ५ गते सम्म (१०००) एक हजार पिडित गरिब व्यक्ति हरूलाई खाना पकाएर खुवाउने अभियान रहेको जानकारी दिए ।
उक्त राहत वितरण कार्य मा बोर्न टु हेल्प सोसाइटीका मजहर आलम, युथ युनिटीका जाफर एक्बल, करीम फाउन्डेसनका नसिम जावेदहरुको संयुक्त सहयोग मा राहत वितरण गरेको हो ।
यस्तो समय मा घरमै बसौ ,सुरक्षित रहौ भनिएको छ ,तसर्थ आम नागरिक गरिब ,असहाय,बिपन्न ,असक्त ,एकल महिला ,मजदुर हरु अहिले काम गर्न नपाएपछि मारमा परेका छन र खानपिन मा निकै अभाब परेको पाएको छ ।
राहत अभियानताहरुको राहत बाडने काम जारी नै रहेको छ् गरिबको दु:ख , पिडा र भावना बुझन गाउँ – गाउँ पुगने गरेको छ ।
तर , अझै पनि कतिपय गाउँ हरूमा राहत पुग्न भने सकेको छैन ,सोहि कुरा लाइ ध्यान मा राखी बिराटनगर का युवा नेता तथा ह्युमानिटि फाउन्डेसन का अध्यक्ष सलिम अन्सारीले लकाडाउन सुरु भए देखि नै बिकट ,बिपन्न स्थान हरुमा गइ राहत बाड्ने काम निरन्तर गरिरहेका हुन् ।
मुस्लिम हरुको महान पर्व ( राम्जानुल मुबारक ) अर्थात ३० दिने बसिने वर्त मा आफु पनि वर्त बसेर दिनभरी भोकै बसेर पनि समाजसेवामा होमिनु भएका छन् ।
लकाडाउन रहुन्जेल यसरि नै सधै १००० प्याकेट खाना बनाइ हरेक दिन विभिन्न स्थान हरु मा बाड्ने योजना बनाएको अध्य्क्ष अन्सारीले बताए ।
Comments