त्रिवि शिक्षण अस्पताल, महारजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।
Comments