विमानस्थलमा एकघन्टा कुराएको भन्दै यात्रुले मन्त्री भट्टराईमाथि विमानमै पोखे आक्रोश

नेपालगञ्ज :
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुद्ध एयरको विमानलाई नेपालगञ्ज विमानस्थलमा एकघन्टा कुराएको भन्दै यात्रुहरुले उनीमाथि आक्रोश पोखेका छन् ।

विमान मन्त्रीका कारण निर्धारित समयमा नउडेको भन्दै यात्रुहरुले मन्त्री भट्टराईप्रति विमानमै आक्रोश पोखेका हुन् । यात्रुले मन्त्री भट्टराईप्रति आक्रोश पोखेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ ।

कैलालीमा आयोजित डल्फिन महोत्सव उदघाटन गरेर फर्कने क्रममा मन्त्री भट्टराईले बुद्ध एयरलाई कुराएका हुन । यसैवीच मन्त्री भट्टराईले फेसवुकमा घटनाप्रति प्रतिक्रिया दिदै आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढीलो भएको बताउँदै यसबाट यात्रुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।

उनले आइतबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिनका लागि आफु काठमाडौं फर्कनुपर्ने दवावमा रहेका कारण केही ढिलाइ भएको पनि उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *