हत्याको आरोपमा एक जना पक्राउ

१ जेठ, काठमाडौं ।
महोत्तरी प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

महोत्तरीको गौशाला नगरपालिका वडा नम्वर ४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्या गरी फरार रहेका आरोपमा प्रहरीले गौशाला नगरपालिका वडा नम्वर ५ बस्ने २५ वर्षीय अरुण कुमार साहलाई आज जिल्ला प्रहरी कार्यालय माहोत्तरीले पत्रकार सम्मेलन गरी सार्वजनीक गरेका छन् ।

प्रहरीका अनुसार गत मंगलवार गौशाला नगरपालिका वडा नम्वर ४ स्थित मकै खेतमा दिलीपलाई काठको मुढा प्रहार गरि हत्या गरेको अनुसंधानको क्रममा खुलिएको छ ।

मृतक दिलिप वलवा नगरपालिका वडा नम्वर ११ घर भई विगत लामो समयदेखि गौशाला नगरपालिका वडा नम्वर ४ विर्तामा बस्दै आएका थिए । हत्याको आरोपमा पक्राउ परेका दिलिपको जिल्ला अदालतबाट म्याद थप गरी घटनाको बारेमा अनुसन्धान भईरहेको महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *