हुसैन सेख ,०३ जेष्ठ ।
सहयोगी हातहरु द्वारा बिराटनगर लगायत विभिन्न ठाउहरु गरि १२५ परिवारहरुलाई राहत वितरण गरिएको छ ।
देसब्यापी चलिरहेको कोरोना भाइरस का कारण लगाइएको लक्डाउन मा गरिब ,बिपन्न परिवारहरु र अन्य ,मजदुरहरु लाइ जीवन स्तर चलाउन निकै गाह्रो भैरहेको अवस्था पाइएको हो ।
राहत वितरण को क्रम जारि नै रहेको छ , विभिन्न संघ संस्थाहरु सहयोगार्थ स्वरुप राहत बितरन गरिनै रहेका छन् ,यस्तै अमेरिका बस्ने शान्ति मोदी र हेम चौधरी आफ्नो १३ औं बैवाहिक बर्ष गाठको उपलक्ष्यमा आफ्नो जन्भुमी आफ्ना देस मा रहेका नेपालि हरु प्रति माया देखाउदै उक्त राहत को ब्यबस्था गरेका हुन् ।
आफु पनि अमेरिका जस्तो कोरोना भाइरस को महामारी फैलिएको देस मा रहिरहँदा पनि आफ्ना नेपालि प्रति माया देखाउंदै ने. रु. ८७१८६ /- ( सतासी हजार एक सय छयासी ) रुपैया सम्पर्ण अमेरिका बस्ने नेपालीहरु मिलि संकलन गरि आफ्नो आमा बालो देबि मोदी को हात बाट ( मानब सहयोगी हातहरु ) नामक संस्था का अध्यक्ष सुमन कालिकोटी र सचिब ताजिम अन्सारी लाइ बिपन्न परिवारहरुलाइ वितरण गर्नका लागि हस्तान्तरण गरिएको थियो ।
उक्त राहत सुक्रबार आफ्नो जन्म थलो ठाउँबुढीगंगा गाउपालीका मोरङ क्षेत्र न: ६ र मोरङ क्षेत्र न: ४ अन्तर्गत बिराटनगर १,२ र ३ न वडा मा मानब सहयोगी हातहरु द्वारा राहत वितरण गरिएको छ ।
खाना बिना कोहि पनि भोकै नरहून भनेर बिगत लक्डाउन सुरु भएदेखि नै लगातार मानब सहयोगी हातहरु ,ताजिम अन्सारीले राहत को ब्यबस्था मिलाउदै आएका हुन् तसर्थ यस राहत को लागि मोरङ क्षेत्र न ४ का माननीय सांसद अमन लाल मोदीले पहल गर्नु भएको हो ।
Comments