प्रदेश २ को ८ जिल्ला मध्ये सिरहा जिल्लामा पहिलो कोरोना संक्रमण पुष्टि भएको छ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ माैवाही लतियाहिका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारि सरोज गुरार्गाइले जानकारी दिनुभयो। कोरोना संक्रमण पुष्टि भएका युवा फागुन २८ गते मलेसियाबाट घर फर्केको र चार दिन अघि मात्र उनकाे स्वाब सकलन गरिएकाे सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनु भयो।
स्वास्थ्य मन्त्रालयको सिरहा सखुवा–१९ का ३० वर्षीय पुरुष भनिएको हुँदा एक छिन सखुवा १९ धनुषा होकी भन्दै सामाजिक संजालमा बहस नै चलेको थियो।
तर पछि बाट बुझ्दै जादा प्रमुख जिल्ला सखुवानन्कारकट्टी गाउँपालिकाकै हुन भनेर प्रमुख जिल्ला अधिकारि गुरार्गाइले बुझ्दै जाँदा सखुवानन्कारकट्टी गाउँपालिका १ माैवाही लतियाहि कै भएको पुष्टि भएको छ।
गाउँपालिका अध्यक्ष केदारनाथ यादवका अनुसार अहिले उनलाई जिल्ला प्रमुखको रोहबरमा जनकपुर वा बिरगंज लैजाने तयारी भइरहेको बताउनुभयो। यसै बीच एकै दिन आज सिरहा सहित कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुष गरि ३ जना ,बर्दिया नार्खु-११ की २८ वर्षीया महिला, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष गरि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ।
Comments