बर्षाले स्टार इटा उद्योगमा उत्पादन अवस्थामा रहेको इट पानी पर्दा पुर्ण रुपले

बिराटनगर , जेष्ठ १३:

जेष्ठको दाश्रो सातामा आएको बर्षाले स्टार इटा उद्योगमा उत्पादन अवस्थामा रहेको इट पानी पर्दा पुर्ण रुपले  नष्ट भएको छ । कामदार हरुले उत्पादन गरेको काँचो इट पुर्ण रुपले क्षती भएको हो । उद्योगमा पकाउन नपाउँदै पानीपर्दा करीब २५ लाख बराबरको इट क्षती भएको स्टार इट उद्योगका संञ्चालक दिपक ढकालले बताए । ठुलो मात्रामा इटा नष्ट हुदा इट्मात्र क्षती नभई रोजगारीका लागी आएका कामदार हरुलाई समते आर्थीक समस्या सिर्जना हुने संञ्चालक ढकालले बताए । स्टार इटा उद्योगमा मात्रै ३ सय मज्दुरहरु काम गर्ने गरेका छन् । भारत बाट इट बनाउन आउने मज्दुरहरुलाई इट नष्ट हुँदा मासिक तलब दिन समेत समस्या सिर्जना हुन सक्ने छ । मोरंगको धनपालमा रहेको स्टार इट उद्योग प्रालीले बिगद केहि बर्ष देखि आफ्नो उत्पादन ग्रहाक हरु समक्ष पुर्याउँदै आएका थिए । पछिल्लो समय भएको लकडाउनको चपेटामा परेको उद्योग लाई बर्षाका कारण थप मर्कामा पारेको छ । उता इटाको उत्पादन लाई निरन्तरता गर्न नपाउँदा र लकडाउनको चपेटामा पर्दा उद्योग थलापरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *