करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

रूपन्देहीमा करेन्ट लाग्दा विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ ।तिलोत्तमा नगरपालिका वडा नं ८ दिपनगरमा रहेको सामुदायिक सिंचाइ प्रणालीको पम्पमा विद्युत मिटर जडान गर्ने क्रममा करेन्ट लागेर तिलोत्तमा नगरपालिका मणिग्राममा कार्यरत प्राविधिक कर्मचारी मानबहादुर थारुको मृत्यु भएको हो ।

विद्युत प्राधिकरण शाखाका प्रमुख कमर आलम खाँनले मृत्तक थारु तिलोत्तमा नगरपालिका वडा नं १० सेमराका स्थायी बासिन्दा भएको बताए । उनी १६ वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *