बिराटनगर :
बिराटनगरको हिस्पिटल चौकमा रहेको श्री अस्पताल बन्द भएको छ ।
आइतबार बाट आधिकारीक रुपले बन्द गरेको संञ्चालक राजेश अग्रवालले जानकारी दिएपछि कर्मचारी हरु अफ्नो तलब नपाएका कारण समस्यामा परेका छन् ।
४५ जना कर्मचारी र ३ जना बरिष्ठ डाक्टर हरुले ले उक्त अस्पतालमा नियमि काम गरी रहेका थिए । केहि समय यता अस्पताल घाटामा गएको बताउँदै संञ्चालक हरुले अस्पताल बन्द गरेको हो ।
अहिले कर्मचारीहरुले अफ्नो तलब नपाएको बताउँदै अस्पताल संञ्चालक राजेश अग्रवालको घरमा धर्ना दिएका छन् । अग्रवालले भने लकडाउन खुलेपछि अस्पतालको उपकरण र सर सामान बिक्री गरेर कर्मचारीको तलब दिने भन्दै आएका छन् । उता लकडाउनको बेलामा अस्पताल बन्द गर्नु रहर नभई बाध्यता भएको संञ्चालक अग्रवालले बताएको छ ।
रजेश अग्रवाल औषधि को होलसेल ब्यापारी समेत हुन् केहि महिना अधि मास्कमा कालोबजारी गरेको भन्दै स्थायन निकायले तिन लाख जरीमाना समेत अग्रवाललाई गराएको थियो ।
Comments