नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही:
सर्लाहीको बागमती नगरपालिका८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलाबाट आइतबार विहान प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बरहथवा नगरपालिका ६ का ४० वर्षीय राजेश साह रहेका छन् । साहको साथबाट प्रहरीले २ हजार दरको २ थान नक्कली नोट बरामद गरेको जनाएको छ । शाह माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *