ढुङगा झरेर स्काईभेटर किच्दा चालकको मृत्यु

 

संखुवासभा, श्रावण २८ गते ।
संखुवासभाको चिचिला गाउँपालिका(२ गोगनेमा निर्माणाधिन सडकमा बाटो सोलिङ गर्नका लागी ढुङगा फुटाउने क्रममा माथीबाट अचानक ढुङगा झरी स्काईभेटरलाई किच्चा चालकको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे १ बजेको समयमा अरुण थर्ड हाइड्रोपावर अन्तर्गत रानीढुङ्गा कन्ट्रक्सन सेवा प्रा।लि। द्वारा संचालित बा २ क ५४०८ नम्बरको स्काईभेटरका चालक राक्सिराङ गाउँपालिका(५ मकवानपुरका ३१ बर्षीय हर्क बहादुर तामाङको मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *