नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ

 

श्रावण २८ गते ।
सुनसरीको धरान उप(महानगरपालिका(२० बिष्णुपादुकाबाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले पाख्रिबास नगरपालिका(८ धनकुटाका २९ बर्षीय सन्दिप राईलाई ५ केजी गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।उता झापाको मेचीनगर नगरपालिकाको बिभिन्न स्थानबाट १९ लाख भन्दा बढीको बिभिन्न किसिमका अबैध समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलवार बिहान राती १ बजेको समयमा मेचीनगर नगरपालिका(१५ बाट भारतबाट नेपाल तर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याउँदै गरेको ओरीयन्स कम्पनीको औषधी तथा लेडिज कुर्ता सुरुवाल गरी करिव १९ लाख भन्दा बढीको समान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको औषधी तथा अन्य समानहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *