काठमाडौँ – पत्रकार गोकर्ण गौतमको निधन भएको छ । कान्तिपुर दैनिकमा कार्यरत २९ वर्षका पत्रकार गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो ।
टाउकोको नसा सुनिएको देखिएपछि न्यूरो अस्पतालमा उनको शल्यक्रिया भएको थियो । शल्यक्रिया सफल हुन नसकेको पत्रकार सामिप्यराज तिमल्सिनाले जानकारी दिएका छन् ।
उनका श्रीमती, आमाबुवा र तीन दाइ छन् । उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने तिमल्सिनाले जानकारी दिए ।-
Comments