अभिनेत्री श्रद्धा कपुर छिन् यस्तो रोगको सिकार

श्रद्धा कपुरले लगातार आफ्नो फिल्मबाट सफलता प्राप्त गरिरहेकी छिन्। उनले अभिनय गरेको शाहोले ३५० करोड बढी कमाई गरिसकेको छ। त्यस्तै अर्को फिल्म छिछोरेले पनि सफलता प्राप्त गरेको छ।

अब आउने समयमा श्रद्धासँग यस्तो मिल्छ छ, जसलाई प्रदर्शन नहुँदै सफल चलचित्र मानिएको छ। स्ट्रीट डान्सर ३डी का साथ श्रद्धा बागी ३ मा फेरि एक्शन अबतारमा श्रद्धा देखिने छिन्। तर धेरैलाई थाहा नहुन सक्छ, उनै श्रद्धा लामो समयदेखि गम्भिर रोगको शिकार बनेकी छिन।

उनी करिब ७ वर्षदेखि आफ्नो स्वासथ्यलाई लिएर निकै चिन्तित छिन्। जसको खुलासा श्रद्धाले पिंकविलालाई दिएको अन्तवार्तामा गरेकी थिइन्।

श्रद्धा कयौँ वर्षदेखि डिसओर्डर बाट पीडित छिन्। उनीले यो के रोग हो र के कारणले हुने गर्छ भन्ने बारे आफूलाई थाहा नभएको बताएकी छिन्।

उनले भनिन्, स्न २०१३ मा आशिकी २ पछि मलाई यसका बारेमा थाहा भयो। हरेक समय मेरो शरीरको हरेक अंगमा पीडा महशुस हुने गर्दछ। तर कुनै प्रकारको कुनै लक्षण देखिदैन्।

उनले यस बारेमा कयौँ पटक मेडिकल टेस्ट पनि गराएको बताएकी छिन्। डाक्टरको रिर्पोटमा सबै ठिक निस्किन्थ्यो। यो मेरो लागि निकै आश्चर्यजनक थियो। किन पीडा हुन्छ यसको कारण मलाई थिएन्।

उनी अहिले पनि यही समस्याका कारण पीडित बनेकी छिन्। उनले सबैका सामु आफू ऐंग्जाइटीबाट पीडिट भएको बताएकी छिन्। यसबाट उनी बहिर निस्किन चाहन्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *