मोरंग प्रहरीले ठुलो माछा कहिले पक्रने ??

प्रतिक श्रेष्ठ ,  मोरंग,  १६ गते :

मोरंग प्रहरीले तस्करी गरेको समाचार जतातै आउन थालेपछि लाइन चलाएको ठाउँहरुमा मोरंग प्रहरीले कडाई गर्न थालेको छ । समाचारको माध्यम बाट तस्करी हुने बाटोहरु सार्वजनीक भएपछि बिराटनगर सिमानाका को मुख्य तस्करी इलाका माटेरुवा बाट प्रहरीले तस्करी हुँदै गरेको कपडा बारामद गरेको हो । बिराटनगर महानगरपालीका १७ स्थिीत मटेरुवा नाकामा भारतको जोगबनीबाट नेपाल तर्फ ल्याउँदै गरेको कपडा सहित बिराटनगर महानगरपालीका झटियाहि बस्ने बर्ष ३१ को रन्जित मण्डल पक्राउ परेका छन् । तर प्रहरीले सना तस्करी हरुलाई समाते पनी रातिको सममा हुने तस्करी अझै रोकिएको छैन । बिराटनगरको सिमावर्ती क्षेत्र कोभिड १९ का कारणले मुख्य नाका बाट आवतजावत बन्द भएपनी खुल्ला सिमानाका को कारण मानिसहरुको आवजावतलाई प्रहरीले नियन्त्रण गर्न सकेको छैन भने सोहि स्थान बाट बिना भन्सारका सामान हरु खुलेआम नेपाल भित्रीरहेको छ भने रजनी गन्धा, मोटर पार्ट, कपडा , खाद्यान्नका सामान हरु ,अवैध रुपमा नेपाल भित्रीरहेका छन् । उता नेपाल बाट अवैध रुपमा इन्धन भारत तस्करी हुने गरेको छ । तस्करीको मुख्य बाटो मोरंगको रंगेली दक्षीण खुल्ला सिमाना , बुधनगर दक्षीण खुल्ला सिमाना, मटेरुवा, दक्षीणगेट, बिराटनगरको रिंग रोड र सुन्सरी को खोला एरिया बाट तस्करी हुने गरेको यो कुरा प्रहरीलाई समत थाहा छ । यद्यपी प्रहरीले तस्करी नियन्त्रणलाई निरुत्साहित गर्न भने सकेको छैन । केहिदिन अघि मात्रै सिमावर्ती क्षेत्रमा भएको गतिविधिको समाचार संकलनग गर्ने क्रममा पत्रकारले दृष्य कैद गरेको क्यामेरा प्रहरीले खेसेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *