कैदी फरार कारागारका दुई प्रहरी निलम्बन ।

मंसिर १८ गते,चितवन  –   भरतपुर कारागारबाट फरार कैदी घटनाको अध्ययन तथा अनुसन्धान गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको छ ।

जस अनुसार कारागारको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई असावधानी अपनाएको भन्दै निलम्बन गरिएको छ ।

गएको मंसिर ११ गते साँझ ५:३० बजेको समयमा जर्वजस्ती करणी मुद्धाका कैदी १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए । कालिका नगरपालिका घर भएका ४५ बर्षिय कैदीबन्दी रेशमलाल श्रेष्ठ प्रहरीको डिउटी परिवर्तन हुने मौका छोपेर फरार भएका थिए ।

Sushmita Shah_Abadainik

कारागार सुरक्षाका लागि २८ जना जनपथ प्रहरी, १६ वटा सिसी क्यामेरा, ७३ जना आन्तरिक सुरक्षा र १० जना कारागार प्रशासनका कर्मचारी खटिएका छन् ।
छानविन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कारागारको निगरानी, सुरक्षा र प्रशासन अति नै दयनीय भएको र जुनसुकै बेला पनि कैदीहरु भाग्ने र घटना हुनसक्ने अवस्था आफूहरुले पाएको बताएका छन् ।

प्रतिवदेनमा दीर्घकालमा उपयुक्त, सुरक्षित र व्यवस्थित कारागार बनाउन सुझावसमेत दिइएको र कारागार प्रशासन, सुरक्षा प्रशासन, आन्तरिक सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएकोले विभागिय कारर्वाहीका लागि प्रतिवदेनमा सिफारिस गरिएको छ ।

फरार श्रेष्ठको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *