मंसिर १८ गते,पर्सा – पर्सामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बहुदरमाई नगरपालिका-६ गमरिया बस्ने २५ वर्षीय दिनेश साह रहेका छन् । उनको बुधबार राति मृत्यु भएको हो ।
खेतमा पानी लगाउन मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरी अनुसन्धान भईरहेको छ ।
Comments