स्थानीय तहसँग समन्वय गरेर भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन ।

मंसिर १८ गते,विराटनगर –  त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कोभिड–१९ का कारण गत चैतदेखि स्थगित भएको परीक्षा र शिक्षण स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ ।

Sushmita Shah_Abadainik

त्रिविका रजिष्ट्रार डा. पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर कोभिड–१९ सङ्क्रमणको जोखिम नभएको ठाउँमा भौतिक उपस्थितिमा र अन्य स्थानमा वैकल्पिक विधि प्रयोग गरेर कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

त्रिविको कार्यकारी परिषद्को बैठकले त्रिविअन्तर्गतका सबै क्याम्पस विभाग, स्कूलले स्थानीय तहले तोकेको समयसीमा र मापदण्डभित्र रहने गरी स्थानीय तहसँग समन्वय गरी सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्ने र सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालनको व्यवस्था गर्न सबै क्याम्पसलाई अनुरोध गरेको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जनाएका छन् ।

त्रिविले यही मङ्सिर २८ गतेदेखि कोभिड–१९ को मापदण्ड पूरा गरेर रोकिएका सबै परीक्षा शुरु गर्ने जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *