मंसिर १९ गते,विराटनगर – विराटनगरको सहिद रंगशालामा फ्लड लाइट जडानका लागि तयारी तीव्र रुपमा थालिएको छ ।
विराटनगरलाई खेलकुदको हव बनाउनका लागि सहिद रंगशालालाई समयानुकल अत्याधुनिक रंगशालाको रुपमा विकास गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरे बताए ।
बिहिवार रंगशाला पुगेका घिमिरेले फ्लड लाइट जडानको तयारी तीव्र रुपमा भईरहेको जनाएका छन् ।
गतवर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता थियो ।
जसअनुसार फ्लड लाइट जडानका लागि सहिद रंगशालाको प्याराफिटको स्तरोन्नतीमा ध्यान दिइने र यसका लागि भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट लाइट झिकाइएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनाएका छन् ।
उक्त लाइट जडानका लागि मुम्बईबाट १, कोलकाताबाट २, सिलगढीबाट ४, आसमबाट ३ जना प्राविधिक समेत झिकाइएको छ ।
Comments