कोरोना लागेर कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीहरुले पुनः परिक्षा दिन पाउने ।

मंसिर १९ गते,विराटनगर –   कोरोना भाइरस संक्रमित भएर मंसिर ९ देखि १६ गते सम्म लिएको कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीहरुले पुनः परिक्षा दिन पाउने भएका छन् ।

जसका लागि राष्ट्रिय परीक्षा बोर्डले संक्रमित विद्यार्थीहरुको विवरण संकलन गर्न लागेको हो ।

Sushmita Shah_Abadainik

कार्तिक २४ गते देखि मंसिर १६ गते भित्र कोरोना लागेर परीक्षा दिन छुटेका विद्यार्थीहरुले परिक्षा दिन पाउने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

त्यसका लागि विद्यार्थीहरूले २६ मंसिरभित्र नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट लिइएको कोभिड–१९ पोजेटीभ रिर्पोट सहित आफ्नो विवरण बुझाउनु पर्नेछ तथा विद्यालयले उक्त रिपोर्ट मंसिर मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *