नेपाल – भारत परराष्ट्र सचिव संयन्त्रको बैठक निकट भविष्यमा बस्ने ।

मंसिर १९ गते,विराटनगर –  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणसँगै औपचारिक संवादको ढोका खुलेको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले विदेश सचिवको भ्रमण महत्वपूर्ण भएको बताए ।’
Sushmita Shah_Abadainik
ज्ञवालीका अनुसार भ्रमण पछि नेपालले नक्सा प्रकाशन गरेपछि रोकिएको औपचारिक संवादको ढोका खुल्नुका साथै सीमा समस्याबारे नेपालको औपचारिक एजेण्डाका बिषयमा दुवै देश संवादबाटै समधान खोज्न तयार भएको छ । यसका लागि नेपाल र भारतका परराष्ट्र सचिव संयन्त्रको बैठक निकट भविष्यमा बस्नेछ ।

उनले बैठकमा समस्याहरु समाधान गर्ने र सम्बन्धलाई बलियो बनाउने बाटोमा दुवै देश अगाडि बढेको विश्वास समेत दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *