झापाको प्लाई उद्योगमा आगलागी, ३० लाख बराबरको क्षति ।

मंसिर १९ गते,झापा –  झापाको एक प्लाई उद्योगमा आगलागी हुँदा अन्दाजी ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

शुक्रबार बिहान सवा ७ बजे विद्युत सर्ट भइ बिर्तामोड नगरपालिका–२, चैतुवारीस्थित स्थानीय होमप्रसाद घिमिरेको नमस्ते प्लाई उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

Sushmita Shah_Abadainik

आगलागी भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, अनारमनी, १ नं प्रदेश विपद् व्यवस्थापन गुल्म, चन्द्रगढी र सशस्त्र प्रहरी बेश क्याम्प, शनिश्चरेबाट संयुक्त टोली लगायत दमक, भद्रपुर र विर्तामोड नगरपालिकाको दमकलको प्रयासमा ३ घन्टा पछि मात्र आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *