मंसिर १९ गते,विराटनगर – अबदेखि अन्तर बैंकको एटीमएम कार्ड प्रयोग गरेर रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । जसअनुसार बैंकहरुले साविककै व्यवस्था अनुसार शुल्क लिन पाउने छन् । ।
सामान्यतया अन्तर बैंकको एटीमएम कार्ड प्रयोग गरेर रकम निकाल्दा बैंकहरुले सामान्यतया प्रति कारोबार २५ रुपैयाँ लिने गरे पनि केही बैंकहरुले सो भन्दा बढि र केहीले सो भन्दा कममा पनि सेवा दिदै आएका थिए ।
यद्यपि, राष्ट्र बैंकले सर्कुलर जारी गरिसकेपछि मात्रै यो नियम लागू हुनेछ । सर्कुलर आगामी साता जरी गर्ने तयारी छ ।
कोरोना माहामारीका बिच राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन जारी गरेसंगै बैंकहरुले एटिएममा पैसा नहाल्नुका साथै सुरक्षालाई समेत ध्यान दिएका थिएनन् ।
Comments