मंसिर २१ गते,काठमाडौं – यसपालीको ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन्
कोरोना महामारीका बिच सिमित मानिसहरुको उपस्थितीमा काठमाण्डौको बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा भएको प्रतिस्पर्धामा २० जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले उपाधि चुमेकी हुन् ।
२० जना प्रतिस्पर्धीहरुविचको कडा प्रतिस्पर्धामा कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ? भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै नम्रताले ताज जितेकी हुन् ।
नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई सम्झिएकी थिइन् । नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।
यो बर्षको ‘मिस नेपाल वर्ल्ड’मा निर्णायकको रुपमा शिक्षित भट्ट, तुलिका अग्रवाल, करण वैद्य, निकिता चण्डक, पुकार मल्ल, राज राना, प्रिती सिटौला, सुमन शाक्य, स्वस्तिमा खड्का र प्रिया अधिकारी रहेका थिए ।
Comments