मंसिर २१ गते,विराटनगर – आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक आगामी मंसिर २८ गते बस्ने गरी सकिएको छ।
बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका थिएनन् । उनले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै सचिवालयमा पत्र पठाएका थिए । जसमा प्रचण्डको प्रस्तावबारे औपचारिक छलफल गर्न नसकिने ओलीले उल्लेख गरेका छन्।
कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले बैठकको नेतृत्व गरी पार्टीमा देखिएको आन्तरिक समस्याका बारेमा बोलेका थिए । बैठकमा दुवै अध्यक्षका प्रस्ताव सदस्यहरूलाई दिइएको र उक्त प्रस्ताव पढ्न सात दिन समय दिइएको छ।
यसअघि मंसिर २५ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
Comments