लागुऔषध सहित १ जना पक्राउ ।

मंसिर २१ गते,विराटनगर –  मोरङको बिराटनगर महानगरपालिका-१६ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

Sushmita Shah_Abadainik

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धरान-१३ का ३४ बर्षीय रुपक कुमार राईलाई डाईजोलाप १० एम्पुल , लुपीजेसीक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित आज बिहान साँढे ९ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *