अवैध रक्तचन्दन सहित ६ जना पक्राउ ।

मंसिर २२ गते,ललितपुर – ललितपुरमा प्रहरीले आइतवार अवैध रक्तचन्दन सहित ६ जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीका हरिबहादुर मोक्तान, टिकाराम तामाङ, नुवाकोटका प्रेमकुमार डंगोल, झापाका सोवित आचार्य, धादिङका शंकर ढाउन्याँ र सुमन बस्नेत छन् ।
प्रहरीले उनीहरुको साथबाट तीन किलो ६३ ग्राम अवैध रक्तचन्दन र पुरातात्विक नेपाली मुद्रा पनि बरामद गरेको छ ।

Sushmita Shah_Abadainik

प्रहरीले बाफल क्षेत्रमा रक्तचन्दनको अवैध कारोबार हुन लागेको गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *