विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ यहि मंसिर २३ गते सार्वजनिक गर्ने ।

मंसिर २२ गते,विराटनगर – सर्वप्रथम नेपाल सरकारले मापन गरेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ यहि मंसिर २३ गते घोषणा गरिने भएको छ ।
नापी विभागको कार्यालय मीनभवनमा २३ गते दिउँसो साढे १ बजे सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरिएको विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले जनाएका छन् ।

Sushmita Shah_Abadainik

नापी विभागको अध्ययन अनुसार बि.स. २०७२ साल (सन् २०१५ ) मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा पनि असर परेको तथ्य देखिए पछि सगरमाथाको उचाइमा पनि थपघट भएको हुनसक्ने अनुमानका गरिएको थियो ।
तसर्थ नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।

यसअघि अन्य देशहरुले मापन गरेको सगरमाथाको उचाइलाई नै मान्यता दिइदै आएको थियो। पछिल्लो पटक सन् १९५४ मा सर्वे अफ इण्डियाको नाप अनुसार सगरमाथाको उचाइ ८८४८ मिटर कायम गरिएको थियो ।

आर्थिक वर्ष ०७५/०७६ मा शुरु भएको मापन कार्य सम्पन्न भएपछि चिनियाँ रक्षामन्त्री सहित मंसिर १० गते बुधबार बसेको मन्‍त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न नापी विभागलाइए स्वीकृति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *