‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ को अडिसनका लागि आवेदन खुल्ला ।

मंसिर २२ गते,विराटनगर – मोटी युवतीहरुलाई लक्षित गरि , ‘सुपर प्लस साइज मोडल नेपाल ।’ सौन्दर्य प्रतियोगिता आयोजना हुदैछ ।

यसअघि दुई संस्करणसन्पन्न गरिसकेको मोडल सङ्स नेपालले यस प्रतियोगिताको तेस्रो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ आयोजना गर्न लागेको हो ।

यस प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती र महिलाहरुले भाग लिन सक्नेछन् । जहाँ ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।

काठमाडौँको बागबजारस्थित द बर्गर हाउसमा जनवरी ९ मा अडिसन हुने आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले बताए । अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई नेपालका ख्यातिप्राप्त कोरियोग्राफरबाट करिव एक महिना लामो मोडलिङसम्बन्धी विशेष ज्ञान तथा प्रशिक्षण दिइने छ ।

Sushmita Shah_Abadainik

मोटोपनका कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड टप प्लस साइज, २०२१’ मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी दिए । उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने पनि आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतिस्पर्धीहरु मंसिर २१ गतेदेखि मोडल सङ्ग्स नेपालको कार्यालयबाट अडिसन फाराम लिन सक्नेछन् । साथै प्रतिस्पर्धीहरुले अनलाईन मार्फत पनि अडिसन फाराम भर्न सक्नेछन् ।

यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साइज नेपाल आयोजना गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *