विराटनगरका विद्यालयहरु पुस २ गतेदेखि खुल्ने ।

मंसिर २२ गते,विराटनगर –  कोरोना भाइरस (कोभिड -१९ ) का कारण चैत ११ गते देखि पठनपाठन ठप्प रहेका विराटनगरका विद्यालयहरु पुस २ गतेदेखि पुनः खुल्ने भएका छन् ।
विराटनगर महानगपालिकाले कोरोना जोखिम कम भएको निष्कर्ष निकाल्दै पुस २ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

Sushmita Shah_Abadainik

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार बिहान र दिउँसो दुई सिफ्टमा कक्षा सञ्चालन हुने तथा अनलाइन कक्षालाई पनि निरन्तरता दिइने छ ।

पछिल्लो समयमा कोरोना संक्रमण दर निरन्तर घट्दै गएको र जोखिम कम भएकाले विद्यालय खुला गर्ने निर्णय भएको हो ।तर ‘बिद्यालय खोल्न अघि अभिभावकसँग छलफल गरि, सतर्कतासहित कक्षा सञ्चालन हुने पनि पराजुलीले बताए ।

विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ६ हजार ८८३ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *