विप्लव समूहद्वारा शिक्षकको अपहरणपछि गोली हानी हत्या ।

मंसिर २३ गते,विराटनगर –  नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा एक शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ।

मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik

उनलाई आफ्नै घरबाट ‘बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले घरदेखि करिब ३० मिनेट टाढा पर्ने बर्खे जंगलमा लगी हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रेष्ठको टाउकोमा गोली लागेको छ । उनी स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान र हत्याराहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *