सर्वदलीय बैठक बालुवाटारमा सुरु ।

मंसिर २३ गते,विराटनगर –  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बस्ने भनि बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सबै दलका संघीय संसद प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।

नेपालमा राष्ट्रको बारेमा ठूला र महत्वपूर्ण निर्णय लिन वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ । यसअघि नेपाल( भारत सिमा विवादका विषयलाई लिएर गत बैशाख ३१ गते सर्वदलिय बैठक बसेको थियो ।

Sushmita Shah_Abadainik

बढ्दो राजावादीहरुको प्रदर्शन बढ्दै र लोकप्रियता साथै नेकपाभित्रको आन्तरिक किचलो चुलिएको बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालय श्रोतले जनाएको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठकमा उठाउने एजेण्डा तय गरेको छ । सर्वदलीय बैठकका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न सभापति शेरबहादुर देउवाले सोमबार शीर्ष नेताहरूको बैठक बोलाउनुभएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *