कांग्रेसले मंसिर २९ गते सडकमा प्रदर्शन गर्ने ।

मंसिर २५गते ,विराटनगर – प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते सडकमा आउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।

Sushmita Shah_Abadainik

कांग्रेस वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकमा प्रदर्शनको तयारीबारे छलफल भएको थियो । बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले भने, ‘कोरोनाको महामारीका बेला पनि सरकार र सत्तारुढ पार्टी सत्ताको द्वन्द्वमा केन्द्रीय छ । त्यसले हामी २९ गते प्रदर्शन गर्दैछौं र त्यसमा सहमति हुन अपील गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *