कोरोना संक्रमणबाट नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन ।

मंसिर २५गते ,विराटनगर  – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको  कोरोना संक्रमणबाट गए राति निधन भएकोे छ ।  उनी दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत पनि हुन् ।

Sushmita Shah_Abadainik

गत मंसिर १० गते कोरोना संक्रमण पुष्टि भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका लामाको उपचारकै क्रममा गएराति निधन भएको नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले जानकारी दिनुभयो ।

६९ वर्षीय लामा लामा सुगरका रोगी हुनुहुन्थ्यो ।  लामा तामाङ घेदुङका केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

लामा २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी हुनुभएको थियो । उहाँ सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत हुनुहुन्थ्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *