नेपाली सेफ सन्तोष साह “बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०” को फाइनलमा ।

मंसिर २६ गते,विराटनगर –  बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साह “बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०” को फाइनल राउण्डमा पुगेका छन् ।

बीबीसी वानु टेलिभिजनमा बिहीबार बेलुका प्रसारित प्रतियोगितामार्फत साह उत्कृष्ट प्रस्तुति दिँदै फाइनल राउण्डमा पुगेका हुन्।

Sushmita Shah_Abadainik

नेपाली सेफ सन्तोष साहले नेवारी खाना योमरीलाई फ्युजन गरेर बनाएको खाना “बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०” को प्रतियोगितामा उत्कृष्ट भएपछि उनी उपाधि नजिक पुगेका हुन्।

सन्तोषले मौलिक नेवारी परिकार ‘योमरी’ लाई चकलेट, चिल्ली, अरेन्ज, सिनमन मिसाएर बनाएका थिए।उनी प्रतियोगितामा सहभागी ३२ व्यवसाहिक सेफहरुलाई उछिनेर शीर्ष ६ भित्र पुगेका हुन्।

प्रतियोगीहरुबीच अन्तिम चरणको प्रतिस्पर्धाको नतिजा १७ डिसेम्वरमा घोषणा हुनेछ।

यसअघि उनले प्याजको अचार, स्याउको चटनी, रोस्टेड काँक्रोको वियाँ, तरुलको खाना बनाएर टप टेनमा पुगेका थिए।

सिरहामा जन्मिएका शाह बीबीसी मास्टर सेफमा नेपाली खाना बनाएर जाने उनी पहिलो सेफ हुन्।

उनले पहिलो राउण्डमा बेथेको साग, तामाको अचार, भेडाको मासु, सिस्नु र आलुको तरकारी, भाङ्गको चट्नी, मकैको रोटी लगायतका नेपाली खानाका परिकारहरु पस्केका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *