मंसिर २६ गत बझाङ – बझाङ मा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना ६ख १७९५ नं .को बसले वित्थडचिर गाउँपालिका -९ सुनकुडामा ठक्कर दिँदा बालिका स्थानिय दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारका लागि धनगढी लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बसका चालक दीपक बोहोरा र बसलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका गरिरहेको प्रहरीले जनाएको छ ।
Comments