लागुऔषध सहित ३ जना पक्राउ ।

मंसिर २९ गते,झापा – झापाको मेचीनगर नगरपालिका-७ बाट आईतवार बेलुका पौने ६ बजे नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

Sushmita Shah_Abadainik

उक्त स्थानमा पैदल हिडिरहेका सुन्दरहरैचा नगरपालिका-४ का १९ बर्षीय सौरभ बस्नेत, उर्लावारी नगरपालिका-९ का ३० बर्षीय चन्द्र गुरुङ र ईलामका २३ बर्षीय समर तामाङलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध डाईजोपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र फेनारागन ६ एम्पुल बरामद भएको थियो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *