गुडिरहेको यात्रुबहाक बसमा आगलागी ।

मंसिर २९ गते,दाङ –  आज बिहान दाङमा गुडिरहेको यात्रुबहाक बसमा आगलागी भएको छ ।

Sushmita Shah_Abadainik
तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । बसको ब्याट्री सर्ट हुँदा आगलागी भएता पनि कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएकोे छ । ।

आज विहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५/१६ जना यात्रुहरु भएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *