सरकारविरुद्ध कांग्रेसको विराटनगरमा पनि प्रदर्शन ।

मंसिर २९ गते,विराटनगर –  आज देशव्यापी रुपमा सरकारविरुद्ध प्रदर्शनका लगि सडकमा आउन आग्रह गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विराटनगरको महेन्द्र चोकमा कोणसभा गरेको छ ।
विराटनगरको कार्यक्रमका लागि मोरङ जिल्लाभरबाट कार्यकर्ता बोलाइएको थियो ।

कांग्रेस कार्यकर्ताहरुले तीनपैनी चोकबाट मोटरसाइकल र्‍याली निकालेका थिए भने वीरेन्द्र सभागृहदेखि महेन्द्र चोकसम्म जुलुस निकालेका थिए ।

Sushmita Shah_Abadainik
महेन्द्रचोकमा आयोजित कोणसभालाई कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सम्बोधन गरेका छन् । उनले ३ वर्षसम्म सरकारले राम्रो काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएकाले कांग्रेस सडकमा आएको बताए ।

उनले अहिले भ्रष्टाचार सगरमाथाको उचाइ भन्दा पनि माथि पुगेको भन्दै सडकमा आउनु परेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *