बिबिएल क्रिकेट खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया उडे ।

मंसिर ३० गते,विराटनगर –  नेपाली क्रिकेटर सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया गएका छन् । उनी कतार एयरवेजको बिमानमार्फत अष्ट्रेलिया गएका हुन् ।

उनले तेस्रोपटक बिग बास खेल्न लागेका हुन् । पछिल्ला दुई पटकको बिबिएल मेलबर्न स्टार्सबाट खेलेका उनले यसपटक भने होबार्ट हुरिकेन्सबाट खेल्न लागेका हुन् ।

Sushmita Shah_Abadainik

बिबिएल गत बिहीबारदेखि नै शुरु भइसकेको छ । पछिल्ला दुई खेलबाट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको टोली होबार्टले आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ ।

बुधबार अस्ट्रेलिया पुग्ने भएतापनि उनीे १४ दिनको क्वारेन्टिन पश्चात मात्र मैदानमा उत्रनेछन् । जसले गर्दा उनले शुरुआती छ खेल गुमाउनु पर्नेछ ।

लामिछानेले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए ।

दुई साताअघि कोरोनाबाट सङ्क्रमित भएका उनी हाल संक्रमण मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *