बुधबारदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि पनि खुल्ला ।

मंसिर ३० गते,काठमाडौं –  कारोना माहामारीका कारण गत चैत्र माहिना देखि भक्तजनका बन्द रहदै आएको पशुपतिनाथ मन्दिर बुधबारदेखि खुल्ने भएको छ ।

मन्दिर खुलाउन आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छिन् । सो अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए ।
यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ ।

Sushmita Shah_Abadainik

पुस १ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिरमा भक्तजन प्रवेश गर्न दिन लागिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए।

ढकालका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनहरुले दुई मिटरको भौतिक दूरी कायम राखेर दर्शन गर्नुपर्ने छ । पहिलो चरणमा पुस १ गतेदेखि परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिर खुला गरि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर बुधबारदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुने छैन ।

कोषले बुधबारदेखि पशुपतिनाथ मन्दिर दर्शन गर्न चाहने भक्तजनलाई अनिवार्यरुपमा मास्क लगाएर आउन र भीडभाड नगरी दर्शन गरेर फर्कन अनुरोध गरेको छ ।

पशुपति क्षेत्रमा भक्तजनलाई प्रबेश निषेध गरिएता पनि नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *