किराना पसलमा आगलागी करिव डेड करोड रुपैयाँ बराबरको क्षति ।

मंसिर ३० गते,काठमाडौं –  किराना पसलमा आगलागी करिव डेड करोड रुपैयाँ बराबरको क्षति ।

मोरङको सुनवर्सी नगरपालिका-२ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ ।
Sushmita Shah_Abadainik

आज बिहान राती २ बजेको समयमा पारस साहले संचालन गरेको किराना पसल, पसल रहेको घर र पछाडी रहेको अर्को घर समेतमा अचानक आगलागी हुँदा घर भित्र रहेको नगद २० लाख, सुन चाँदी, लत्ता कपडा, किराना पसलको समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त आगलागी बिराटनगर महानगरपालिका, रङगेली, सुन्दरहरैचा, पथरी, बेलवारी, दमक नगरपालिका तथा कानेपोखरी गाउँपालिकाको दमकल, नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे नियन्त्रणमा आएको थियो ।
आगलागीबाट मानवीय र चौपाया क्षति भने भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *