अज्ञात समूहले गोली हानी एक व्यक्तिको हत्या

रुपन्देहीको रोहिणी गाउँपालिकामा अज्ञात समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको छ। अज्ञात समूहले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

हिमालयन बैंक भैरहवाबाट रकम निकालेर जाँदै गरेका ओमसतिया गाउँपालिका५ का ३५ वर्षीय महेन्द्र कुर्मीको रोहिणी गाउँपालिका ३ वैकुण्ठपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार प्रहरी घटनास्थल पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *